दफा ७
कुटनैतिक प्रतिनिधिको व्यक्तिगत अनतिक्रम्यता
कुटनैतिक प्रतिनिधिलाई व्यक्तिगत अनतिक्रम्यता हुनेछ र निजलाई पक्राउ वा थुनछेक गरिने छैन ।
तर कुनै फौज्दारी अभियोगका सम्बन्धमा नेपाल सरकारको सम्बन्धित कर्मचारीले घटनासम्बन्धी जानकारीको लागि कुटनैतिक प्रतिनिधिसंग निजको मर्यादा राखी उचित सम्मानसाथ सोधपूछ गर्न सक्नेछ ।